माण्डु हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

0
Shares

माण्डु हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले असोज ४ गतेदेखि सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै अब कम्पनीका माण्डु हाइड्रोपावर लिमिटेडको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटल मार्फत हुनेछन् ।

माण्डु हाइड्रोपावरले २०८० भदौ १० गतदेखि सर्वसाधारणमा १२ लाख पाँच हजार ३२० कित्ताको लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।कम्पनीको आईपीओ गोलाप्रथा मार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका थिए ।

कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.९६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.९६ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष ३ महिना बाँकी रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।