गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

Archana Neupane
0
Shares

गरिमा विकास बैंकले विदेशमा रहेका नेपालीहरुका लागि मोबाइल बैकिङ सेवालाई स्तरोन्नति गरेको छ । नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच पु¥याउनका लागि यो सेवा उपलब्ध गराइएको हो ।

अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तैः कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको बैंकले जनाएको छ ।

अब विदेशमा बसेर बैंकमार्फत मोबाइल बैकिङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिन सक्नेछन् । साथै, यो सुविधा लिने ग्राहकले गरिमा विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछन् । बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण नमाग्ने जानकारी दिँदै फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरूलाई नबाँड्न आग्रह समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।