भारतको आर्थिक वर्ष २०२३/२४ मा आर्थिक वृद्धि दर ६.३ प्रतिशत पुग्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।
गत वर्षमा भारतले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । तर रुस–युक्रेन युद्धका कारण खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिँदै गएपछि केन्द्रीय बैंकले आक्रामक शैलीमा ब्याजदर बढाएको थियो । जसकारण चालु आवमा भारतको आर्थिक वृद्धि दर गतवर्षको तुलनामा ०.७ प्रतिशतले घटेको हो ।
आइएमएफ र विश्व बैंकले चालु आवको पछिल्लो त्रैमासमा उपभोक्ताको क्रयशक्तिमा भएको सुधार र उपभोक्ता खर्च वृद्धिलाई ध्यानमा राख्दै भारतको वृद्धि दर ६.३ प्रतिशत हुने अनुमान गरेका हुन् ।
तथापि भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले चालु आवमा ६.१० प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य लिएको छ । भारतमा उपभोक्ताले गरेको खर्च बढेता पनि त्यो अनुपात कोभिड–१९ अघि उपभोक्ताले गर्ने खर्च भन्दा धेरै पछाडि रहेको छ ।
कोभिड–१९ ले धरासायी बनाएको अर्थतन्त्र सबल हुन नपाउँदै रुसले युक्रेनमा हमला गरेपछि विश्व अर्थतन्त्र थप अनिश्चतता तर्फ धकेलिएको थियो । पछिल्लो समयमा मूल्यवृद्धि दर नियन्त्रण हुँदै जाँदा विश्व अर्थतन्त्र रुस–युक्रेन युद्धले सिर्जना गरेको आर्थिक झट्काको सामना गर्न सक्षम भएको विज्ञहरुको भनाइ छ ।
यसैबीच सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि दर ३ प्रतिशत हुने आइएमएफले प्रक्षेपण गरेको छ । अमेरिकाको आर्थिक वृद्धि दर २.१ प्रतिशत र चीनले ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने आइएमएफको अनुमान छ । पछिल्लो समयमा चीनमा देखिएको रियल स्टेट संकटका कारण एशियाली तथा विश्वव्यापी कमोडिटी मार्केटले संकटको सामना गरिरहेको छ । जसकारण चीनका लागि सन् २०२३ पनि सुखद नहुने देखिन्छ ।
सन् २०२३ मा विश्वव्यापी रुपमा मुद्रास्फीति दर ६.९ प्रतिशत हुने आइएमएफको अनुमान छ । विश्व अर्थतन्त्रका सूचकहरुमा सुधार देखिएता पनि जलवायु परिवर्तनका कारण घट्दै गएको कृषि उत्पादन र बढ्दो भू–राजनीतिक तनावले आगामी समयमा खाद्यान्नको मूल्यवृद्धि तथा पेट्रोलियम पदार्थको मूल्य बढाउन सक्ने संकेत आइएमएफले गरेको छ । यसका लागि केन्द्रीय बैंकहरुले उपर्युक्त मौद्रिक नीति तथा आर्थिक नीति निर्माण गरी खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरणमा ध्यान दिनुपर्ने आइएमएफको सुझाव रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु
प्रतिक्रिया