पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए १२ हजार अफगानी शरणार्थी

0
Shares

पाकिस्तानमा बसोबास गरिरहेका करिब १२ हजार अफगानी शरणार्थीहरू दक्षिण अफगानिस्तान फर्किएका छन् ।

दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाका अनुसार कान्दाहारलाई पाकिस्तानको बलुचिस्तानसँग जोड्ने स्पिन बोल्डक नाका हुँदै हरेक हप्ता औसत ८२० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट आफ्गानिस्तान फर्कने गरेका छन् ।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बस्दै आएका छन् । करिब २५ लाख बराबरकै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिइरहेका छन् । विगत चार दशकदेखि मातृभूमि अफगानिस्तानबाट विदेशी आक्रमण र द्वन्द्वबाट भाग्नेको सङ्ख्या ठूलो छ ।

पछिल्लो एक वर्षमा पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि अफ्गानिस्तान फर्किएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।