नबिल बैंकको साधारण सभा मिति परिवर्तन

Archana Neupane
0
Shares

नबिल बैंक लिमिटेडले पुस १३ गतेका लागि आह्वान गरेको साधारण सभाको मिति परिवर्तन गरेको छ । बैंकले आफ्नो ३९ औँ वार्षिक साधारण सभाको मिति १ दिन अघि सारेको हो । बैंकले पुस १२ गते साधारण सभा बोलाएको छ ।

सभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। बैंकको सभाले सञ्चालक समितिले गत आर्थिक वर्ष २०७९–८० को सञ्चित मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै बैंकको सभाले सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्षबाट सभामा पेश गर्ने आव २०७९\८० को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक वित्तीय विवरण २०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्न छलफलका लागि प्रस्तुत हुनेछ ।

साथै आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।