दक्षिण कारियाको २७ तले अपार्टमेन्टमा आगलागी हुँदा दुईको मृत्यु २९ घाइते

0
Shares

दक्षिण कारियाको राजधानी सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ४ः ५७ बजे सुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

आगलागीबाट निस्किएको धुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

करिब दूई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान सुरू भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।