केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ ।
बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ ।
गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो । विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया