हाथवे इन्भेष्टमेन्टले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गर्दै

Archana Neupane
0
Shares

हाथवे इन्भेष्टमेन्टले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ६ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो । शेयर प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ ।

कम्पनीको सेयरमा फागुन ८ गतेदेखि चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लि., नक्साल, काठमाण्डौंमा पुग्ने गरी शीलबन्दी बोलपत्र आवेदन पेश गर्नु पर्ने छ । लगानीकर्ताले गोप्य शीलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ ।

बोलपत्र आवेदन फारम ग्लोबल आइएमई क्यापिटल लि, नक्साल, काठमाण्डौंबाट ५०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ । तर शेयर खरीद गर्न आवेदन गरेको कुल शेयर संख्या जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम सीमा भन्दा बढी नहुने गरी आवेदक स्वयंले यकिन गरी आवेदन पेश गर्नु पर्नेछ ।

न्यूनतम मूल्य प्रति शेयर २८० रुपैयाँ तोकिएको हुँदा उक्त मूल्य र न्यूनतम आवेदन दिनुपर्ने कित्ता भन्दा कम हुनेगरी पेश गरेको बोलपत्र स्वतः रद्द हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।