चिनियाँ बहुर्राष्ट्रिय प्रविधि कम्पनी शाओमीद्धारा विद्युतीय कारको बिक्री सुरु

0
Shares

चिनियाँ बहुर्राष्ट्रिय प्रविधि कम्पनी शाओमीले विद्युतीय कारको बिक्री सुरु गरेको छ । कम्पनीले यसै मार्च महीनामा आफ्नो पहिलो विद्युतीय कारको डेलिभरी सुरु गर्ने जनाएको छ ।

चीनमा यतिबेला विद्युतीय कारको बिक्री बढाउन कार निर्माता कम्पनीबीच मूल्य कटौती गर्ने होडबाजी नै चलेको छ । अमेरिकी कम्पनी टेस्ला र घरेलु कम्पनी बीवाईडीबीच मूल्य युद्ध चर्किएकै समयमा शाओमीले कार बेच्न थालेको हो । कम्पनीले कारको मूल्य भने मार्च २८ मा घोषणा गर्ने अनुमान गरिएको छ । शाओमीको कारको अर्डर लिन २९ शहरमा कम्पनीले ५९ ओटा स्टोर खोलिएको कम्पनीले जनाएको छ ।

शाओमीले आगामी १० वर्षभित्र सवारी साधन व्यवसायमा १० अर्ब डलर लगानी गर्दैछ । विश्वको शीर्ष पाँच अटो निर्माता बन्ने लक्ष्य लिएको शाओमीले गत वर्ष स्पीड अल्ट्रा ७ (एसयू७) कार लञ्च गरेको थियो । एसयू-७ मा सुपर इलेक्ट्रिक मोटर प्रविधि छ । जुन केही टेस्ला र पोर्स्की ईभीभन्दा द्रुतगतिमा चल्न सक्छ । उक्त कम्पनीले एक वर्षमा २ लाख कार उत्पादन गर्न सक्ने बताइएको छ । एसयू-७ को उत्पादन राज्य स्वामित्वको बीएआईसी ग्रुपले बेइजिङमा गर्नेछ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।