लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर) हरु थप्न तयारी भइरहेको उक्त समूहले जनाएको छ ।
जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ ।
वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया (मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको सङ्ग्रहको एक किसिमको खेल) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल “क्वीन्स”, “इन्फरेन्सन” र “क्रसक्लिम्ब” हुन् ।
लिंक्डइनका एक जना प्रवक्ताले “हामीले गेमिङमा काम गरिरहेको छौं तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन” भने । उनले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरु रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका छौं भने ।
धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ, उनले भने ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया