अरुण भ्याली हाईड्रोपावरले २० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्दै

Archana Neupane
0
Shares

अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाममा बिक्रीमा ल्याएको छ । कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीले अवितरित १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर बिक्री गर्ने छ ।

उक्त शेयरहरु खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बैशाख २४ गते भित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् ।

लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, प्रधान कार्यालयः नारायणचौर नक्साल, काठमाण्डौ, ठिमी भक्तपुर, कुमारीपाटी–ललितपुर, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ताको दर रेट अंक र अक्षरमा स्पष्टसंग लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता दिइने छ । केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ ।

शेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । तर शेयर खरिद गर्न आवेदन गरेको कुल शेयर कित्ता जोड्दा नियमक निकायले एउटा व्यक्ति वा संस्था\कम्पनीले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलव (खण्डित रुपमा आउने गरी शेयर संख्याको लागि आवेदन गर्न पाइने छैन ।

शेयर बाँडफाँड गर्दा सबै भन्दा बढी प्रति शेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँड गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी प्रति शेयर मूल्य कबोल गर्नेलाई बाँडफाड गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।