गरिमा विकास बैकले ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

Archana Neupane
0
Shares

गरिमा विकास बैकले ४ लाख २६ हजार ९९० कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज बैशाख २४ गतेदेखि ३५ दिनभित्र विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो सो खुलाई आवश्यक कागजात सहित निवेदन पेश गर्न सक्ने छन् ।

उपरोक्त म्यादभित्र हाल कायम संस्थापक शेयरधनीमध्येबाट आंशिक ÷ सम्पूर्ण शेयर खरिदको लागि निवेदन प्राप्त नभएमा बिक्री नभएका उपरोक्त शेयरहरु नियमानुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न आवश्यक कार्यवाही अघि बढाइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।