जर्मन कार निर्माता फक्सवागनले टेस्लाको प्रतिस्पर्धी कम्पनी रिभियन अटोमोटिभ इन्कमा ५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
रिभियन र फक्सवागनले संयुक्त उपक्रम (जेभी) खोल्ने भएका हुन्। यसअनुसार दुई कम्पनीले परस्परमा प्रविधि हस्तान्तरण गर्नेछन् । विद्युतीय गाडी निर्माता र पश्चिमा देशबीच चिनियाँ आयातमा शुल्कको प्रतिस्पर्धा बढिरहँदा यस्तो सम्झौता भएको हो। सम्झौताअनुसार सुरुमा फक्सवागनले १ अर्ब डलर लगानी गर्नेछ । विद्युतीय ट्रकमा हुने उक्त लगानीपछि २०२६ सम्ममा कम्पनीले अर्को ४ अर्ब डलर थप्नेछ ।
रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो । हालसम्म कम्पनीले त्रैमासिक नाफा आर्जन गर्न सकेको छैन । सन् २०२४ को पहिलो तीन महिनामा कम्पनी झण्डै डेढ अर्ब डलर घाटा व्यहोरेको थियो । फक्सवागनजस्ता अन्य कम्पनीहरु टेस्ला र बीवाईडीसँगको प्रतिस्पर्धामा दबाब महशुस गरिरहेको समयमा भएको साझेदारीले रिभियनको सफ्टवेयर आफ्ना गाडीमा प्रयोग गर्न फक्सवागनलाई बाटो समेत खुल्नेछ ।
रिभियनले गत डिसेम्बरमै अब चाँडै उत्पादन सुरु गर्ने बताएको थियो । तर कोरोनाको कारण उत्पादनमा ढिलाई भएको हो । स्थापनाको छोटो समयमा नै रिभियन संसारकै तेस्रो उच्च मूल्यवान् कम्पनी बन्न सफल भएको थियो ।
अमेरिकी बजारमा यसलाई निकै महत्वपूर्ण मानिएको छ । अमेरिकी बजारमा रिभियन टेस्ला नरुचाउनेका लागि विश्वासिलो विकल्प हुने सम्भावना उस्तै छ । रिभियनको मुख्य उत्पादन नै केवल विद्युतीय सवारीसाधन हुनेछैन, यसले त पिकअप ट्रक बजारमा पठाउँदै छ । रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो । सुरुमा यो मेनस्ट्रिम मोटर्स थियो। पछि सन् २०११ मा रिभियन बनेको थियो ।
रिभियनमा जेफ बेजोसको अनलाइन शपिङ कम्पनी अमेजन डटकम इन्कको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । सन् २०१९ मा अमेजनले यसको २० प्रतिशत सेयर किनेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया