मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला

0
Shares

मिडिल मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले असार २५ देखि १ः०.६०२४ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले उक्त सेयरमा साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्कासन साउन १३ गते बन्द हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।