नेपालको अग्रणी कम्पनी सुजल फुड्सले आफ्नो नयाँ उत्पादन ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दुध बजारमा ल्याएको हो ।
देशको विभिन्न ठाउँहरुबाट संकलित दुधलाई नविनतम तथा उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी ‘डिलाइट डेरी ह्वाइटनर’ तयार पारिएकाले यो शतप्रतिशत अन्तरार्ष्ट्रियस्तरको स्वदेशी उत्पादन भएको सुजलले उल्लेख गरेको छ ।
अन्य पाउडर दुधको तुलनामा यो बाक्लो रहेको छ भने यसको अत्याधुनिक ‘अल्ट्रा ड्राईङ स्प्रे प्रविधि’ले समान मिश्रण कायम गरी मन तातो पानीमा तुरुन्तै घुल्ने गरी तयार पारिएको कम्पनीको भनाइ छ । आधुनिक मेटालिक प्याकेजिङ्का कारण यो पाउडर दूध १२ महिनासम्म ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
‘डिलाइट डेरी ह्वाइटनर’ बाक्लो क्रिमि र स्वादिष्ट तथा गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण पाउडरले दूध चिया, कफीका साथै अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ ।
‘डिलाइट डेरी ह्वाइटनर’ नेपालभरी भाटभटेनी, सेल्स बेरी, बिग मार्टजस्ता प्रमुख स्टोरहरू, विभिन्न किराना पसलहरु र अनलाइन शपिङ्ग साइटहरूमा उपलब्ध रहेको जनाइएको छ । ‘डिलाइट डेरी ह्वाइटनर’एसकेयू ४०० ग्रामका लागि ४७० र ८०० ग्रामको लागि ९०० रूपैयाँ कायम गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया