माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त

0
Shares

माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीमा अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दै रविन्द्र लाल श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । निवर्तमान अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै राजीनामा दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।