उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस–एमाले एक ठाउमा आएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस–एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका हुन् ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठुला दल एक ठाउमा आउँदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफूहरुको चिन्ता रहेको बताए । उनले आफूहरुले अमुर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबी गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठूला दल एक ठाउमा आएको बताए ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउदै दुई दल ठूला दल एक ठाउमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताए । उनले आफूहरुले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहँदा खुशी नै रहेको र आफूहरुले गत बर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।
यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरुले सरकारमा गरेको कामप्रति आफुहरु नै सन्तुष्ट नरहेको समेत बताए । रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरे । उनले सरकारमा गएपछि आफू सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफूहरुले राम्रो काम गरेको दाबी गरे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरि ति स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था बिभागलाई निर्देशन दिएको बताए ।
लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराए । उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तिब्ररुपमा गरिरहेको संसदमा जानकारी गराएका छन् । लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गरेका छन् । संसदभित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गरे ।
रास्वपाका सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाए । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उनले भने, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”
प्रधानमन्त्री दाहालललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उनले राजनीतिक इमान छाडेर एमाले सरकार परिवर्तनमा लागेको आरोप लगाए । गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले देशमा प्राकृतिक विपक्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राखे ।
उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेका बताए। उनले सहकारी रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणीत गर्नसक्ने आशङ्का व्यक्त गरे । “भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई मलाई ठग प्रमाणीत गर्न आपत पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुआत मबाट गर्नुहोस । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन”, उनले भने ।
सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया