युरोकपको फाइनलका लागि आज राती स्पेन र इङल्याण्ड भीड्दै

0
Shares

युरोकपको फाइनलमा आज राति स्पेन र इङल्याण्ड भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२ः४५ बजेदेखि सुरु हुने छ ।

सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन यो सहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । सन् २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १३ पटक जितेको छ भने इङल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।