प्रमोकोड ‘फोनपे डाइरेक्ट’ प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने

Archana Neupane
0
Shares

भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डाइरेक्टस् पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ।

यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु। आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ ।

यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना कम्पनीले सार्वजनिक गरेको छ।

यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले फोनपे डाइरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड फोनपे डाइरेक्ट राख्नुपर्ने छ भने अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डाइरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।