एनआईसी एशिया क्यापिटलको खुद नाफा १६.१२ प्रतिशतले बढ्यो

Archana Neupane
0
Shares

एनआईसी एशिया क्यापिटलले समीक्ष आथिक वर्षमा १२ करोड १० लाख रुपैयाँ भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी .६०.५० रुपैयाँ कायम गर्न सफल भएको छ । जुन गत वर्षको तुलनामा १६.१२ प्रतिशतले बढी हो । कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ ।

आषाढ मसान्त, २०८१ को अन्त्यसम्म क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल ‘एन आई सी एशिया ग्रोथ फण्ड’ ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चांैथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

“एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत आषाढ मसान्त, २०८१ मा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य .११.४७ रुपैयाँ, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य .११ रुपैयाँ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.०९ रुपैयाँ कायम भएको । यस्तै तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य ११.४६ रुपैयाँ, चौथो बन्दमुखी योजनाको “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड”को ११.३४ र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य १०.०७ कायम गर्न सफल भएको छ ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत एसआईपी तथा एसडब्लूपी योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१ आषाढ मसान्तसम्म २४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई रु.१३ अर्व भन्दा बढी शेयर पूँजी संकलन गरिदिन सफल भएका छौं । आषाढ मसान्तसम्म ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गर्ने कार्य सम्पन्न गरिसकेको छ । साथै ४ वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा पेश गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।