सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
आयोगको उपाध्यक्ष अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । अधिकारी निवर्तमान उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ उपाध्यक्षको कार्यकालमा समेत आयोगको सदस्य थिए ।
यसैगरी बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाश कुमार श्रेष्ठ, गीता कुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया