बैंक तथा वित्तीय संस्थाले असल कर्जाका लागि गर्नुपर्ने नोक्सानी व्यवस्था घटेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक मौद्रिक नीतिले यस्तो दरलाई ०.१० प्रतिशत बिन्दुले घटाएको हो । मौद्रिक नीतिले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने व्यवस्था गरेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले असल कर्जामा १.२ प्रतिशत नोक्सानी व्यवस्था गर्दै आएका छन् । तर, मौद्रिक नीति मार्फत यसलाई ०.१ प्रतिशत बिन्दुले घटाइएपछि अब बैंकहरुले यस्तो कर्जामा १.१० प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्नेछ ।
हाल बैंकहरुले असल कर्जाका लागि १३ अर्ब २५ करोड रुपैयाँ प्रोभिजन गरेका छन् । नयाँ व्यवस्था अनुसार बैंकहरुले गर्दै आएको प्रोभिजन करिब १.१ अर्बले घट्ने छ । नयाँ व्यवस्था अनुसार १२ अर्ब १४ करोड रुपैयाँ मात्र प्रोभिजन गरे पुग्नेछ । यो व्यवस्थासँगै बैंहरुले थप ११ अर्ब ऋण प्रवाह गर्नसक्ने क्षमता कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया