रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ। मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले शुक्रवारदेखि युद्धविराम लागू भएको जनाइएको छ।
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्की समकक्षी रेसेप तायिप एर्डोगानबीच यो सम्झौता भएको समाचारमा जनाइएको छ। उत्तरपश्चिमी सिरियामा आङ्कराले मस्कोको समर्थनमा रहेका सरकारी सेनासँग संघर्ष गरिरहेका थिए । यस प्रान्तमा जारी रक्तपातको कारण करिब १० लाख नागरिक आफ्नो घर छोडेर भागेका छन्। जारी हिंसाको कारण दर्जनौं टर्की सेना मारिएका बताइएको छ।
पुटिन र एर्डोगानबीच ६ घण्टा भन्दा बढी समय वार्तापछि शुक्रबार मध्यरातदेखि युद्धविरामका लागि सहमति भएको बताइएको थियो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यो सम्झौताले पश्चिमी सिरियामा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र दुश्मनीलाई तत्काल र चिरस्थायी समाप्तिमा पु¥याउने आशा व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले बिहीबार प्रकाशित एक विज्ञप्तिमा बताउनु भएको छ।
मध्यराति भन्दा केही समयअघि मात्र बम विष्फोट भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ। युद्धविराम लागू भएपछि यस क्षेत्रमा सामान्यतया शान्त रहेको पनि अब्जरभेटरीले जानकारी दिएको छ। बेलायतस्थित प्रमुख कार्यालय रहेको यस मानवअधिकारवादी समूहले रुस र सिरियाली हवाई हमलाहरू रोकिएको जनाएको छ।
तर इद्लिबको सीमावर्ती अलेप्पो र हमाको इलाकामा जिहादीहरूको नियन्त्रणमा रहेको इलाकामा विद्रोही समूहको स्थितिमा सिरियाली सरकारी सुरक्षाबल गोलाबारी गरेको जनाइएको छ।
सिरियाको नौ वर्षको गृहयुद्धको क्रममा विद्रोही गढ इद्लिबको अवस्था नाजुक भएको थियो। किनकि पहिलो पटक राष्ट्रपति बसर अल असादको फौजको बिरूद्ध प्रत्यक्ष आक्रमण भएको थियो।
संयुक्त प्रेस सम्मेलनमा यस सम्झौताले इद्लिबमा लडाई समाप्त गर्ने राम्रो आधारको रुपमा काम गर्ने राष्ट्रपति पुटिनले बताउनु भएको छ।
टर्कीले दमासकसको कुनै पनि हमलाबिरूद्ध आफ्नो सम्पूर्ण शक्तिसँग बदला लिने अधिकार सुरक्षित गरेको एर्डोगानले बताउनु भएको छ।सम्झौताले उत्तरी सिरियाको कि एम ४ राजमार्गमा सुरक्षा मार्ग पनि निर्माण गर्नेछ, जहाँ टर्की र रूसी सेनाले मार्च १५ देखि संयुक्त गस्ती सुरु गर्नेछन्।
सिरियामा सन् २०११ को मार्च महिनापछि यहाँका राष्ट्रपति बसर अल असदको राजिानामा माग गर्दै शुरु भएको आन्दोलन केही समयपछि गृहयु्द्धमा परिणत भयो। यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
लाखौँ व्यक्ति घाइते भएका छन् भने अरु लाखौं आफ्नै देश र छिमेकमा पर्ने देशहरुमा शरणार्थीका जीवन विताइरेहका छन्। यसैक्रम सिरियामा जारी युद्धको कारण करिब ३६ लाख व्यक्ति टर्कीमा शरणार्थी जिवन यापन गरिरहेका छन्।
प्रतिक्रिया