अमेरिकी फेडरल रिजर्व बैंकले वित्तीय बजारमा दैनिक एक खर्ब ५० अर्ब प्रवाह गर्ने

Bhuban Poudel
0
Shares

अमेरिकी फेडरल रिजर्व बैंकको न्यूयोर्क शाखाले कोरोनाभाइरसको महामारीको बीचमा एक सुरक्षात्मक कदमको रूपमा वित्तीय बजारको दैनिक नगद प्रबाहको दरलाइ वढाएको छ । बैंकले सोमबार देखि दैनिक नगदको प्रवाहलाई ५० अर्बबाट १५० अर्ब अमेरिकी डलर बनाउने घोषणा गरेको हो ।

न्युयोर्क फेडरल रिजर्भ बैंकले एक विज्ञप्तिमा भनेको छ, “कोरोनाभाइरस समस्याका कारण विश्व अर्थतन्त्र प्रभावित बनिरहेको अवस्थामा अमेरिकी केन्द्रीय बैंकले व्यवसायिक लचिलोपन योजनालाई कार्यान्वयनमा ल्याउन लागेको छ ।”

यस कदमले दैनिक खरिद सम्झौतालाई बढाउँछ । बैंकले दुई साताका लागि ९० अर्ब अमेरिकी डलर यहाँको बजारमा प्रवाह गर्ने पुनः खरिद सम्झौतालाई गरेको हो ।