कोरोना सङ्क्रमण फैलिन नदिनका श्रीलङ्काको दुई ठाउँमा करफ्यू

0
Shares

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा करफ्यू घोषणा गरेको छ ।

देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा करफ्यूको आदेश दिइएको अधिकारीले जनाएका छन् । प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागू हुनेगरी करफ्यू आदेश जारी भएको हो।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि करफ्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । करफ्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ।

  • एशियाभन्दा यूरोपमा बढीको मृत्यु : एएफपी

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ ।

ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा यूरोपका बढी प्रभावित मुलुकहरू इटली,स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ । प्राप्त तथ्याङ्क अनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको मृत्यु भएको छ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने यूरोपमा इटलीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ । इटलीमा दुई हजार ५०३ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा ५९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ।

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८० हजार ८९४ जनामा सङ्क्रमण पुष्टि भश्रएको छ । चीनपपिछ बढी सङ्क्रमित सङ्ख्या इटलीमा ३१ हजार ५०६ जना रहेको छ भने इरानमा १६ हजार १६९ पुगेको छ । इरानमा ९८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।