कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइसियुमा भर्ना भएका छन् ।
मेडिकल टिमको सुझाव अनुसार प्रधानमन्त्रीलाई आइसीयुमा राखिएको स्ट्रिगंका प्रवक्ताले जानकारी दिए ।
बेलायतकी रानीलाई प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिइँदै आइरहेको छ।
सोमबार दिँउसो आइसियुमा राख्नुअघि प्रधानमन्त्रीलाई अक्सिजन पनि दिइएको थियो। यद्यपी प्रधानमन्त्रीलाई भेन्टिलेटर भने प्रयोग गरिएको छैन।
बेलायतको एसटी थोमस अस्पतालमा उनलाई राखिएको छ। ५५ वर्षीय प्रधानमन्त्री आइतबार साझ अस्पतालमा भर्ना भएका थिए । नियमित जाँचका लागि २७ मार्चमा अस्पताल गएका प्रधानमन्त्री जोनसनलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको थियो।
प्रतिक्रिया