नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफु र आफ्नो दूतावासको तर्फबाट नयाँ वर्ष २०७७ सालको सम्पूर्ण नेपालीलाई शुभकामना दिएकी छिन्।
आफ्नो ट्वीटर मार्फत एक रंङ्गीचङ्गी फोटो सहित शुभकामना दिएकी उनले कोरोना भाइरस विरुद्धको लडाईमा पनि नेपाललले विजय गर्ने आफुले आशा राखेको उल्लेख गरेकी छिन्।
उनले भनेकी छिन् “नयाँ वर्ष २०७७ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । कोरोना भाइरस विरुद्ध को लडाईं विजय गर्नुहोस् भनेर म आशा गर्दछु । नयाँ वर्षको शुभकामना !”
प्रतिक्रिया