भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या ९ हजार नाघ्यो, ३३१ को मृत्यु

0
Shares

भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो। सोमबार बेलुका ४ तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ९ हजार २४० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

१ हजार ९६ जना उपचारपछि निको भई घर फर्किएका छन्। पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३५ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३१ पुगेको छ ।

महाराष्ट्रमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या १ हजार ९८५ जना पुगेको जनाइएको छ ।
महाराष्ट्रमा मात्र १४९ जनाको ज्यान गएको बताइएको छ। यहाँका २१७ जना उपचारपछि घर फर्किएका छन् । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये ८५७ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन्।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार १५४ जना संक्रमित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।