सगरमाथा इन्स्योरेन्सकोे ८६ प्रतिशत बोनसपछि चुक्ता पूँजी एक अर्ब

Bhuban Poudel
0
Shares

सगरमाथा इन्स्योरेन्सले गत आव २०७४÷०७५ को बोनस शेयर वितरण गरेर बीमा समितिले तोके बमोजिमको एक अर्ब चुक्ता पूँजी कायम गर्ने भएको छ । कम्पनीले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गर्न असार १३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ ।

साथै कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव अनुसार ४६ करोड २९ लाख ३१ हजार ३४ रुपैयाँको बराबरको बोनस वितरण हुनेछ । बोनसमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्ने हुन्छ।

कम्पनीले असार १ देखि शेयर दाखिला खारेज गर्ने भएको छ । यस अनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इन्स्योरेन्सका शेयरधनीले मात्र गत आवको बोनस तथा साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

यसैगरि सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३, सर्वसाधारणबाट २, र विदेशी लगानीकर्ता र स्वतन्त्र ११ जना गरि एक महिला सहित कूल ७ जना सञ्चालक कायम गर्ने, संस्थागत समाजिक उत्तरदायित्वको खर्च, लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण, तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका मुख्य एजेण्डा छन्।

हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरुप एक अर्ब १२ लाख रुपैयाँ पुग्नेछ।