भारतको आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

0
Shares

 भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् ।

आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराको जानकारी शुक्रबार दिए । उनले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु गर्ने तयारी गरिएको शुक्रबार बिहान जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

तर ती होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु सञ्चालन गर्दा कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना गरिने छ । उनको सरकारले कोभिड १९ को महामारीपछि आगामी दिनमा सञ्चालनमा आउनुपर्ने कार्यालयका लागि कोभिडबाट बच्न सकिने मापदण्डहरु निर्माण गरेको छ ।

उनले लामो समयदेखि बन्द रहेका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका साथै अरु व्यवयास पनि खुल्ने तयारी भएको जानकरी दिए। यसकासाथै बजारका अरु प्रसिद्ध मन्दिरहरु पनि खुल्ने तयारी भएको जानकारी दिए। तर विद्यालय विश्वविद्यालयहरु भने अहिले नै नखुल्ने भएका छन् ।

आज बिहान यस प्रदेशका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका प्रतिनिधिहरुसँगको अन्तक्र्रियाका क्रममा मन्त्री रावले सो कुराको जानकारी दिएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोपका कारण गएको दुई महिना भन्दा पनि लामो समयदेखि यहाँ जारी रहेको लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको छ ।