वाणिज्य बैंकहरुलाई काउन्टर साईक्लिकल बफरको प्रावधान लागू, थप दुई प्रतिशत पूँजीकोष व्यवस्था गर्नुपर्ने

Bhuban Poudel
0
Shares

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई जोखिममा आधारित रहेर २ प्रतिशत थप पूँजीकोष व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले काउन्टर साईक्लिकल बफरको प्रावधान लागू गदैृ यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गरी क्यपिटल एड्युकेसी फ्रेमवर्क २०१५ को प्रावधान अनुसारको काउन्टर साईक्लिकल बफर पूँजीकोष कायम गर्नुपर्ने जनाएको हो । यस प्रावधान अनुसार जोखिम भारित एक्सपोजरको दुई प्रतिशत पूँजी कोष कायम गर्नुपर्ने भएको छ ।

बैंक तथा बित्तीय संस्थाले जुनसुकै बखत पनि तोकिएको पूँजी कोष कायमै गर्नुपर्ने राष्ट्र बैंकको कडा निर्देशन छ ।

यस्तो बफर २०७७ असारसम्म कायम गनुृपर्ने निर्देशन राष्ट्र बैंकको छ । २०७७ असार मसान्तसम्म २ प्रतिशत बफर नपुर्याउने बैंकलाई नगद लाभांश बाड्न रोक लगाईने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

हाल वाणिज्य बैंकहरुले यस्तो पूँजीकोष न्युनतम १० प्रतिशत कायम गर्दा हुन्छ । तर, लाभासं वितरण गर्ने बैंक वित्तीय संस्थाको सन्दर्भमा ११ प्रतिशत हुनु पर्ने व्यवस्था छ ।

यो निर्देशिका कार्यन्वयनमा आएसँगै बैंकहरुको न्यूनतम पूँजीकोष १३ प्रतिशत हुन्छ । पूँजी कोष भन्नाले प्राथमिक पूँजी र पुरक पूँजीको योग सम्झनुपर्छ ।
बिकास बैंक तथा फाईनान्स कम्पनीहरुलाई भने क्यापिटल एड्युकेसी फ्रेमवर्क २००७ अनुसार पूँजी कोष कायम गनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।