मनाङ एयरको नयाँ हेलिकप्टरले थाल्यो व्यावसायिक उडान

Parmeshwor Adhikari
0
Shares

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ।

एयरबसले निर्माण गरेको एएस३५०बी३ई (एच१२५) हेलिकप्टरले यही २७ गतेदेखि व्यावसायिक उडान थालेको कम्पनीले जानकारी दिएको छ।

‘९एन–एएनजे’ कलसाइन नम्बर दिइएको उक्त हेलिकप्टरले २३ हजार फिट उचाइसम्म सुरक्षित उडान भर्न सक्ने कम्पनीले दाबी गरेको छ।

नयाँ हेलिकप्टरसँगै कम्पनीको विमान सेवामा बझ बढी प्रभावकारिता प्राप्त हुने कम्पनीको भनाइ छ।