फिलिपिन्समा गत एक हप्ताको विचमा तीन पटक भूकम्प गएको छ। पछिल्लो पटक बिहीबार पनि भूकम्प गएको छ। देशको दक्षिणी क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार अरु कैयौँ घरसहितका भौतिक संरचनाहरु भत्किएका छन् । यसअघिका दुई भूकम्पले पनि ठूलो क्षति पु¥याएको थियो। मिन्डानाओ पहाडलाई केन्द्रमा पारेर ६.५ म्याग्नीच्युडको भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । त्यही क्षेत्रमा गत मङ्गलबार आएको भूकम्पमा परी अरु आठ जनाको मृत्यु भएको थियो ।
भूकम्पको केन्द्रविन्दुदेखि झण्डै ४५ किलोमिटर टाढा पर्ने दक्षिणी क्षेत्रको मुख्य सहर मानिने डाभाओ सहरमा पनि धेरै क्षति पुगेको अधिकारीहरूले जनाएका छन्। भत्किएको घरमा परेर नौ जना घाइते भएका छन् । उद्धारकर्ताले उनीहरुलाई उद्धार गरेपनि अन्य एक जना त्यहीँ च्यापिएको अनुमान गरिएको छ ।
कोताबाटो प्रान्तमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु भएकामध्ये एक जना स्थानीय सरकारी अधिकारी पनि रहेको प्रहरीले जनाएको छ। यही अक्टोबर १६ देखि आएका तीन भूकम्पमा परी अन्य क्षेत्रका पनि धेरै भौतिक संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया