चीनको आर्थिक विकास निरन्तर रहने राष्ट्रपति सीको विश्वास

0
Shares

चीनका राष्ट्रपति सी चिनफिङले चीनको आर्थिक विकासमा निरन्तरता दिँदै अघि बढ्ने बताएका छन् । मङ्गलबार साङ्घाईमा सुरू भएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई राष्ट्रिपति सीले चीनको आर्थिक विकास उज्ज्वल रहने विश्वास व्यक्त गर्नुभएको हो ।

निरन्तरको आर्थिक विकासबाट चिनियाँ अर्थतन्त्रलाई स्थिर राख्न सकिने बताउँदै यसले विश्व आर्थिक पुनःरूत्थानका लागि ठूलो विश्वास थपिएको पनि सम्बोधनका क्रममा उनले बताए। व्यापार संरक्षणवाद र विश्वव्यापीकरण प्रतिरोध प्रवृत्तिले केही बर्षदेखि विश्वको आर्थिक विकास कमजोर देखिएको भएपनि चीनको आर्थिक विकास स्थिर रूपमा अघि बढेको राष्ट्रपति सीले दाबी गरे।

उनले भने, “बजारको थप खुलापन, खुला ढाँचामा थप सुधार, व्यापारिक वातावरणको नयाँ बाटो, बहुपक्षीय तथा द्वीपक्षीय सहयोगको गहनता, वेल्ट एन्ड रोडको संयुक्त निर्माणलाई अरू बढाउने भएर चीनले अनेकौं व्यवहारिक गतिविधि गरी विश्वसँग विकास गर्ने अठोट देखाएकोले विश्व समुदायले चीनलाई विश्वासिलो मित्रका रूपमा लिने गरेका छन् ।”

चीन आफ्नो विकाससँगै विभिन्न मुलुकसँगको सहकार्यमा विश्वास गर्ने र यसबाट उनीहरूलाई पनि समृद्धिको बाटोमा लाने विश्वास उक्त अवसरमा राष्ट्रपति सीले गरे। राष्ट्रपति सि चिनफिङले विश्व व्यापारमा भएका अवरोध हटाउन अन्तरराष्ट्रिय सहकार्यलाई बढावा दिन र अवरोध हटाउन अझै धेरै कार्य गर्नुपर्ने बताए।

चीनले गत वर्ष अमेरिकासंगको व्यापार युद्ध उत्कर्षमा पुगेको बेला यस्तो इम्पोर्ट एक्स्पोको सुरुवात गरेको थियो ।  नेभेम्बर ५ देखि सुरु भएको ‘चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो’ नेभेम्बर १० तारिखसम्म चल्नेछ।