गुडविल फाइनान्सको सञ्चालक समितिमा फेरबदल, विश्व प्रकाश शाख अध्यक्ष

Parmeshwor Adhikari
0
Shares

गुडविल फाइनान्सको सञ्चालक समितिमा फेरबदल भएको छ । फाइनान्स सञ्चालक समितिको ३४८ औं बैठकले ३ जना संस्थापक तथा ३ जना साधारण शेयरधनीका तर्फबाट ६ जना सञ्चालक निर्विरोध चयन गरेको हो ।

बैठकले फाइनान्सका सञ्चालक विश्व प्रकाश शाखलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यस अघि फाइनान्स सञ्चालक समितिको अध्यक्ष राजाराम जोशी थिए ।