अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

0
Shares

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।

प्रहरीले दुबै बिमानमा एक/एक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ। ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन्।