हिमालयन बैंकले सिद्धार्थ बिजनेस ग्रुप सहित एक सयभन्दा बढि स्थानमा छुट दिने

Parmeshwor Adhikari
0
Shares

हिमालयन बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा सबै सेवाग्राहीलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका १०० भन्दा बढि स्थानमा छुटको व्यवस्था गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट््यालिटिसंग एक सम्झौता पत्रमा हस्ताक्षर गरि उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने बैंकले जनाएको छ ।

बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल १०० वटा भन्दा बढि स्थानमा लागु भएको तथा निकट भविष्यमा कम्तिमा २०० स्थानमा बिस्तार गर्ने लक्ष्य लिएको छ ।