नयाँ आर्थिक वर्षको पहिलो दिन बुधबार भारतीय शेयर बजारमा ४ प्रतिशत गिरावट आएको छ। मंगलबार बढेको भारतीय बजार बुधबार भने सोही गतिमा घटेको हो।
चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा लगानीकर्ताको मनोबल कमजोर भएको अवस्था छ। बुधबार अन्तर्रााष्ट्रिय बजारमा समेत नकारात्मक प्रभाव परेपछि भारतीय बजारमा थप नकारात्मक असर परेको हो।
भारत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि देशभर लक डाउन गरिरहेको अवस्था छ। त्यसका साथै राहतका कार्यक्रमहरु पनि ल्याइएको छ। त्यतिमात्र नभई अर्थतन्त्रलाई चलायमान बनाई राख्नका लागि आर्थिक तथा मौद्रिक नीतिमा समेत लचकता अपनाएको अवस्था छ।
मंगलबार सेनसेक्स १०२८ अंकले बढेको मुम्बई स्टक एक्सचेन्ज सूचक सेन्सेक्स बुधबार १ हजार २०३ दशमलव १८ अंकले घटेको हो। त्यसैगरी बुधबार नेशनल स्टक एक्सचेन्ज निफ्टी मंगलबार ३१६ अंकले बढेको थियो भने बुधबार ३४३ अंकले घटेको छ।
बुधबार सेन्सेक्स २८ हजार २६५ दशमलव ३१ अंकमा पुगेको छ भने निफ्टी ८ हजार २५३ दशमलव ८० अंकमा झरेको छ। बुधबार कारोबार सुरु भएदेखि निरन्तर घट्दो गतिमा रहेका भारतीय शेयर बजार सूचक बन्द हुँदासम्म कायम रह्यो ।
बुधबार सेन्सेक्समा सूचीकृत अधिकाशं कम्पनीको शेयरमूल्य घटेको छ भने निफ्टीका समेत धेरै जसो उपसूचकहरु नकारात्मक रहेका छन् ।
प्रतिक्रिया