अमेरिकामा कोरोनाबाट एकैदिन मर्ने र संक्रमित हुनेको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ।
आजको लागि प्रकाशित कोरोना तथ्यांकको अन्तिम तालिका अनुसार आज अमेरिकामा २ हजार ४७९ को निधन भएको छ भने ३० हजार १७८ अरू संक्रमित भएका छन्। यो संख्या हिजो क्रमश: २ हजार ४०७ र २६ हजार ९४२ थियो।
अमेरिकामा ४८ हजार ७०१ कोरोना संक्रमित निको भएका छन् भने १३ हजार ७४७ गम्भीर विरामी उपचार गराइरहेका छन्।
बुधबार अमेरिकामा एकैदिन कोरोना भाइरस संक्रमित हुनेको संख्या पनि बढेको छ, मृतकको संख्या पनि बढेको छ। अर्को शव्दमा भन्ने हो भने कोरोनाका सबैखाले अप्रिय नयाँ कीर्तिमान बनेका छन्।
यसैबीच आजसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार ६१ पुगेको छ भने मृतकको संख्या २८ हजार ५२६ पुगेको छ। अमेरिकामा मात्र हैन, युरोपमा पनि मृतक संख्याको ग्राफ उकालो लागेकै छ।
विश्वमा कोरोना संक्रमितको संख्या २० लाख ८२ हजार २९६ पुगेको छ भने मृतकको संख्या १ लाख ३४ हजार ५४० पुगेको छ। कोरोनामाथि विजयी हुनेको संख्या पनि कम छैन। अहिलसम्म संसारभर ५ लाख ९ हजार ९२८ कोरोना संक्रमित निको भएका छन्।
प्रतिक्रिया