लकडाउन दुई साता थप गर्ने भारतको निर्णय, जेठ ४ गतेसम्म कायम

0
Shares

भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो। कोरोना संक्रमणको हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएको छ।

लकडाउनका बाबजुद् भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ। शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन। । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७३ जना रहेको छ ।

भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।