विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा सन् २०२० को पहिलो त्रैमासमा २५ प्रतिशत बढीले गिरावट आएको छ। कोभिड संक्रमणका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ६५ प्रतिशतसम्मको गिरावट आएपछि कम्पनीको पहिलो त्रैमासको मुनाफा प्रभावित भएको हो।
कम्पनीले सन् २०२० को पहिलो त्रैमासमा १६.७ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले २२ अर्ब अमेरिकी डलर नाफा कमाएको थियो। यसबाट कोरोना भाइरसको प्रभाव कम्पनीको आम्दानीमा स्पष्ट रुपमा परेको देखिन्छ।
तेल निर्यात गर्ने राष्ट्रहरुको संगठन ओपेकले कच्चा तेलको निर्यात परिमाण कटौती गर्ने गर्नुअघि नै कच्चा तेलको मूल्य ६५ प्रतिशत सम्मले गिरावट आइसकेको थियो। कटौती निर्णयपश्चात पनि नाफामा नाफामा १६ अर्ब ६४ करोड रुपैयाँको गिरावट आएको अरामकोले जनाएको छ।
सञ्चालन आम्दानीबाट कम्पनीको क्यासफ्लो सन् २०१९ को पहिलो त्रैमासमा २४.५० अर्ब डलर रहेकोमा घटेर २२.४० अर्ब डलरमा संकुचन भएको छ भने फ्रि क्यास फ्लो १७.४० अर्बबाट घटेर १५ अर्ब डलरमा संकुचित बनेको छ।
साउदी अरामको कम्पनीले समीक्षा अवधिमा १८.७५ अर्ब अमेरिकी डलर लाभांश घोषणा गरेको छ। यो २०२० को पहिलो क्वाटरमा सूचीबद्ध कुनैपनि कम्पनीले आफ्ना शेयरधनीलाई भुक्तानी गरेको सबैभन्दा बढी लाभांश हो। साउदी अरामको विश्व कै बढी नाफा कमाउने कम्पनी समेत हो।
कम्पनीका सीईओ तथा अध्यक्ष अमीन नासेरले कोरोना भाइरसका कारण विश्वमा कच्चा तेलको मागमा असर परिरहने बताएका छन् । उनले यस वर्षभरी कम्पनीको आम्दानी र तेलको मूल्यमा दबाबमा रहने बताए।
साउदी अरेयिबा सरकारको कम्पनीमा बहुमत शेयर हिस्सेद्धारी रहेको छ । साउदी अरेबियाली सरकारले यस देशको तेल कमाई वार्षिक आधारमा २०२० को पहिलो त्रैमासिकमा झण्डै एक चौथाई घट्ने अनुमान गरिसकेको छ।
घाटामा वृद्धि हुन थालेपछि आइतवार नै साउदी अरामको पेट्रोलियम मन्त्रीले अरामकोलाई तेल उत्पादन घटाउन निर्देशन दिइसकेका छन्। कम्पनीलाई जूनमा प्रति दिन ५.५ लाख ब्यारेलको कच्चा तेल उत्पादन गर्न भनिएको छ। गत वर्ष अरामको उच्च बजार पुँजीकरणको साथ विश्वको पहिलो कम्पनी बनेको थियो।
विश्वको महत्त्वपूर्ण तेल कम्पनीहरूमध्ये एक र कच्चा तेलको ठूलो निर्यातकर्ता समेत रहेको यस कम्पनीले गत डिसेम्बरमा आफ्नो सार्वजनिक निष्काशन (आईपीओ) बिक्री शुरू गरुेको थियो । आईपीओबाट पैसा जुटाउने साउदी अरामको विश्वको सबैभन्दा ठूलो कम्पनी हो। अरामको पछि, चीनको अलिबाबाले आईपीओबाट सबैभन्दा बढी पैसा उठाएको छ।
प्रतिक्रिया