नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको १८ औं संस्करणको ग्राण्ड फिनालेमा पुगेका छन्।
अमेरिकी पूर्वी समयअनुसार आइतबार साँझ घोषित परिणाममा उनी शीर्ष ५ स्थानमा पुग्दै ग्राण्ड फिनालेमा पुगेका हुन्। उनीसँगै जस्ट साम, जोनी वेस्ट, फ्रान्सिस्को मार्टिन र डिल्लोन जेम्स अमेरिकी आइडलको ग्राण्ड फिनालेमा पुगेका छन्।
नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आइडलको १८औं संस्करणको ग्राण्ड फिनालेमा पुगेर नयाँ इतिहास बनाएका छन्।
अबको एकघण्टा उनलाई यसरी भोटिङ गरेर १८औं अमेरिकन आइडल बनाउन सकिन्छ। अमेरिकामा रहेका नेपाली उनलाई अमेरिकन आइडल बनाउन जमेर भोटिङ गरिरहेका छन्।
ग्राण्ड फिनाले एवीसी टेलिभिजनमा प्रत्यक्ष प्रसारण भैरहेको छ। अमेरिकामा रहेका नेपाली उनलाई १८औं अमेरिकन आइडल बनाउँन जमेर भोटिङ गरिरहेका छन्।
प्रतिक्रिया