भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गरेका छन् ।
शुक्रबार पत्र लेख्दै उनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेका हुन ।
सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्नदिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।
उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिए ।
“अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो,” उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन्।
प्रतिक्रिया