दुई कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेदेखि शेयर बिक्री खुला गरेका थिए ।
समाज लघुवित्त
समाज लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको ८० हजार ७०० कित्ता शेयर निष्कासन गरेकोमा आइतबार साँझ ५ बजेसम्म १२६ गुणा बढी माग परेको छ।
कम्पनीको आईपीओमा ४ लाख ७९ हजार ४५४ वटा आवेदन मार्फत एक करोड एक लाख ८८ हजार ६७० कित्ता शेयरका लागि आवेदन परेको छ । जुन सर्वसाधरणका लागि निष्कासन गरेको शेयरको १२६.२५ गुणा बढी हो ।
यो कम्पनीको आईपीओ ८ हजार ८६७ जना आवेदकले १० कित्ताका दरले पाउने छन् । समाज लघुवित्तको आइपीओ हात पार्न गोलाप्रथाकै भर पर्नुपर्नेछ । कम्पनीको आईपीओमा १० कित्ता मात्र आवेदन गर्न उपयुत्त देखिन्छ ।
कम्पनीले कुल ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गरेकोमा संस्थाका कर्मचारीका लागि एक हजार र ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणका लागि ८० हजार ७ सय कित्ता शेयर बाँडफाँड हुनेछ ।
रिलायन्स लाइफ
रिलायन्स लाइफले निष्काशन गरिरहेको साधारण शेयरमा अधिक आकर्षण देखिएको छ ।
इन्स्योरेन्सले कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ ।
सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता शेयर निष्कासन भएकोमा आइतबार साँझ ५ बजेसम्ममा २ करोड ७ लाख २६ हजार ५२० कित्ता शेयरका लागि आवेदन परेको छ ।
इन्स्योरेन्सको शेयरमा आइतबार साँझसम्ममा ५ लाख ११ हजार ३७४ वटा आवेदन परेको छ । यो तथ्यांकका आधारमा कम्पनीको १० कित्ता शेयर ५ लाख ६७ हजार आवेदकले पाउने छन् ।
कम्पनीको शेयरमा सोमबार ५५ हजार ६२६ वटा भन्दा कम आवेदन परेकामा सबै आवेदकले १० कित्ताका दरले र कही आवेदकले गोलाप्रथाबाट २० कित्तासम्म शेयर पाउने स्थिति बन्नसक्छ । तर, सोमबार ५५ हजार ६२६ वटा भन्दा बढी आवेदन परेको अवस्थामा १० कित्ता शेयर पनि गोलाप्रथाबाट मात्र पाउने अवस्था बन्नेछ ।
कम्पनीको आईपीओमा अहिलेसम्मको अवस्था हेर्दा २० कित्ता शेयर भर्नु नै उपयुत्त देखिन्छ । यदि थप ५५ हजार ६ सय आवेदन नपरेमा थप १० कित्ता शेयर गोलाप्रथाबाट पाउने अवस्था बन्नसक्छ ।
यी समाचारहरु पढ्न छुट्नु भयो कि !!!
- सबै आवेदकले रिलायन्स लाइफको १० कित्ता शेयर पाउलान् ? आइतबारसम्ममा ५ लाख बढी आवेदन
- निषेधाज्ञाका बीच ५० हजारले बैंक पुगेर गरे आईपीओ आवेदन
- लिवर्टी इनर्जीको आईपीओ पनि सबैले २० कित्ता नपाउने
- समाज लघुवित्तको आईपीओमा १२६ गुणा बढी माग
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया