कोरोना भाइरसबाट विश्वभरी साढे दुई करोड बढी सङ्क्रमित

0
Shares

कोरोना भाइरस संक्रमणबाट विश्वभरी सङ्क्रमितहरुको संख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ ।

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार ८५० पुगेको हो ।

कुल सङ्क्रमितमध्ये ८ लाख ५० हजार ५४४ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ७३ हजार २३६ जना सङ्क्रमित भएका छन् भने १ लाख ८७ हजार २४४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख २६ हजार ३११ जना सङ्क्रमित हुदाँ १ लाख २० हजार ८९६ जनाको मृत्यु भएको छ । भारत सङ्क्रमित भएका देशहरुमा तेस्रो स्थानमा रहेको छ। सोमबार बिहानसम्म भारतमा ३६ लाख १९ हजार १६९ जना सङ्क्रमित भएका छन् भने ६४ हजार ६१७ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशःरुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । बेलायत, इटाली, र फ्रान्समा पनि ३० हजार बढीले संक्रमणका कारण ज्यान गुमाएका छन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।