व्यक्तिगत अभिष्टका लागि कुनै निर्णय गरेको छैन : अर्थमन्त्री खतिवडा

0
Shares

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले व्यक्तिगत अभिष्टका लागि कुनै पनि निर्णय नगरेको बताएका छन् ।

उनले शुक्रबार आफ्ले पदिय जिम्मेवारीबाट बाहिरीने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै कतिपय विषयमा विधि बसाउने प्रयास गरेको बताएका हुन् ।

‘अर्थतन्त्र सुधारको जग बसाएको छु, निरन्तरता दिनुहोला’: डा. खतिवडा

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा करिब २० मिनेट पत्रकारहरुलाई सम्बोधन गर्दै बिदाइ भएका छन् ।

उनले सञ्चार मन्त्रालयको जिम्मेवारी आफ्ना लागि नयाँ भएको बताए । “आमसञ्चार, सूचना प्रविधि, विज्ञापन प्रविधि नबुझ्ने त होइन,” उनले भने “तर, यो मन्त्रालय सम्हालुँला र सरकारको प्रवक्ता हुन्छु भन्ने कल्पना गरेको थिइँन ।”

तत्कालीन मन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिएपछि डा. खतिवडाले २०७६ साल फागुन ११ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले अर्थ मन्त्रालयमा दुई वर्ष ६ महिनाभन्दा बढी र सञ्चार मन्त्रालयमा ७ महिना जिम्मेवारी निर्वाह गरेका थिए ।

मन्त्री खतिवडाले सूचना प्रविधि बिना विकासका कामहरु अब असम्भव रहेको बताए । “टेली मेडिडिन, अनलाइन शिक्षा कुनै समय फेसनको रुपमा थियो,” उनले भने, “अब अनिवार्यजस्तै भएको छ ।”

सिंहदरबारभित्रै सूचना आदान-प्रदानमा समय लाग्ने गरेको भन्दै बताउँदै मन्त्री खतिवडाले सूचना प्रविधिको विकास गर्न सकिए उहीबेला सूचना पु¥याउन सहज हुने उल्लेख गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।