भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७३ लाख ९४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २१ हजार ९० जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ५ लाख ९४ हजारको हाराहारीमा रहेको जनाएको छ । परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या ११ करोड ६४ लाख रहेको छ ।
विश्वमा शनिबार बिहान १० बजेसम्ममा४ करोड ५९ लाख २१ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भैसकेको छ । जसमध्ये ११ लाख ९३ हजार ९०क्ष्९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने ३ करोड ३२ लाख ५२ हजार २१८ जना संक्रमण पराजित गरी डिस्चार्ज भएका छन् ।
सक्रिय संक्रमित रहेका १ करोड १४ लाख ७५ हजार ५७१ मध्ये १ प्रतिशत अर्थात ८३ हजार ४४६ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया