कोरोना भाइरसका कारण शिथिल भएको विश्व अर्थतन्त्र सुधारोन्मुख भएसंगै शेयर बजारहरु पनि सकारात्मक देखिन थालेका छन् । नयाँ वर्षमा भारतीय अर्थतन्त्र सुधारोन्मुख हुने अपेक्षा सहित पूँजी बजार सूचकले उच्च विन्दु तय गरेको हो ।
बिहीबार मुम्बइ स्टक एक्सचेन्ज(सेनसेक्स) सुचक कारोबार सुरु भएदेखि बन्द हुदाँसम्म निरन्तर सुधारको गतिमा रह्यो । सेनसेक्स सूचक १३३ अंकले बढेर हालसम्मकै उच्च ४७७४६.२२ अंकमा पुगेको छ । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज (निफ्टी) सूचक पनि ४९ अंकले बढेर हालसम्मकै उच्च विन्दु १३९८२ मा पुगेर बन्द भएको छ । र
बिहीबार भारतीय शेयर बजारमा कारोबार भएका अटो, मेटल, तथा बास्तविक क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।
तर, बैंक तथा फर्मा कम्पनीहरुको शेयर मूल्य घटेको छ । विश्वव्यापी शेयर बजारको कुरा गर्दा मंगलबार प्रमूख अमेरिकी शेयर बजार घटेर बन्द भयो तर, बिहीबार एशियाली शेयर बजारमा भने सुधारको गतिमा देखिएका हुन । नेपालको शेयर बजार पनि बिहीबार ऐतिहासिक उचाईमा पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया