अरुण काबेलीको प्रतिशेयर आम्दानी १८ रुपैयाँले बढ्यो, नाफा कति ?

0
Shares

अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी २४.३६ रुपैयाँ कायम गरेको छ ।

गत आवको यसै अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ५.७२ रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै एक वर्ष अवधिमा कम्पनीको १८.६४ रुपैयाँले इपिएस बढेको हो । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८.३४ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ११.३७ गुणा छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी ह्वात्तै बढेको छ । गत आवको पुस मसान्तको तुलनामा कम्पनीको आय २७ करोड ५३ लाख रुपैयाँले बढेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुगेको छ । विद्युत बिक्री आम्दानीसँगै खुद नाफामा उल्लेख्य सुधार भएको हो । कम्पनीले अन्य स्रोतबाट ३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ ।

अरुण काबेलीले पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले १३ करोड ९८ लाख रुपैयाँ अर्थात ३२६ प्रतिशतले खुद नाफा बढेको हो ।

चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड र जगेडा कोषमा २७ करोड ५१ लाख रुपैयाँ सञ्चित रहेको छ । गत आवको यसै अवधिमा २ करोड ७३ लाख रुपैयाँ रहेको जगेडा कोषको आकार समीक्षा अवधिमा ९०५ प्रतिशतको उच्च बढोत्तरी भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।