रैराङ हाइड्रोपावरको नाफा ५ करोड माथि

0
Shares

रैराङ हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड १८ लाख ५ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १ करोड ९९ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १५९ प्रतिशतले बढेको हो ।

विद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा दुवैमा वृद्धि हुँदा रैराङको नाफामा उच्च बढोत्तरी भएको हो ।

चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.५० रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ८१ लाख रुपैयाँ सञ्चित हुँदा प्रतिशेयर नेटवर्थ ११२.१७ रुपैयाँ छ ।

पुस मसान्तसम्ममा कम्पनीले रैराङ र इखुवाखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री र अन्य आय गरी १४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आय ११२ प्रतिशतले बढेको हो । गत वर्ष यसले विद्युत बिक्रीबाट ६ करोड ८१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफा पनि १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ५ करोड ८४ लाख रुपैयाँ थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।